राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव
सोमबार, ०९ माघ २०७९, १४ : ५०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाका लागि सरोकारवाला पक्षहरुसँग सुझाव माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले अर्थतन्त्रको सुधारका लागि मौद्रिक नीतिले थप लिनु रणनीति तथा सच्याउनुपर्ने मुद्दाहरुमा सुझाव माग गरेको हो । मौद्रिक नीतिको समीक्षाका लागि आगामी माघ २० गतेभित्र बैंकको आर्थिक अनुसन्धान विभागको आधिकारिक अनलाइन ठेगानामा आफुलाई लागेको राय÷सुझाव पठाउन बैंकले अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नुका साथै प्रत्यक त्रैमासमा मौद्रिक नीतिको समीक्षा समेत गर्नेगर्छ । चालू आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले गत साउन ६ गते सार्वजनिक गरेको थियो भने पहिलो त्रैमासको समीक्षा मंसिर ११ गते गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला