राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव
सोमबार, ०९ माघ २०७९, १४ : ५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाका लागि सरोकारवाला पक्षहरुसँग सुझाव माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले अर्थतन्त्रको सुधारका लागि मौद्रिक नीतिले थप लिनु रणनीति तथा सच्याउनुपर्ने मुद्दाहरुमा सुझाव माग गरेको हो । मौद्रिक नीतिको समीक्षाका लागि आगामी माघ २० गतेभित्र बैंकको आर्थिक अनुसन्धान विभागको आधिकारिक अनलाइन ठेगानामा आफुलाई लागेको राय÷सुझाव पठाउन बैंकले अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नुका साथै प्रत्यक त्रैमासमा मौद्रिक नीतिको समीक्षा समेत गर्नेगर्छ । चालू आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले गत साउन ६ गते सार्वजनिक गरेको थियो भने पहिलो त्रैमासको समीक्षा मंसिर ११ गते गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण