प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
सुर्खेत । नेपाल सरकारका सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली प्रदेश सरकारले अघि सारेको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने बताएका छन् ।
सोमबार नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो कार्यालय उद्घाटन गर्न सुर्खेत आएका गुरुङले डिजिटल कर्णाली बनाउन पूर्वाधार निर्माणमा सहयोग गरिने बताए ।
फोन गर्न समेत डाँडाकाँडा र रुखमा जानुपर्ने अवस्था रहेको कर्णालीमा ‘डिजिटल कर्णाली’ कार्यक्रम ल्याइएको विषयलाई लिएर प्रदेश सरकारको आलोचना भइरहेको छ । अहिले पनि राजधानी वीरेन्द्रनगरमा पनि नेट, इन्टरनेटको सहज सुविधा छैन । सञ्चार मन्त्री गुरुङले पनि वडा वडामा इन्टरनेट नपुगेसम्म डिजिटल कर्णाली सम्भव नहुने बताए ।
‘सबै कुरा डिजिटल हुनका लागि त गाउँ—गाउँमा नेट, इन्टरनेटको विकास हुनुपर्यो, टावर निर्माण हुनुपर्यो,’ उनले भने, ‘तर कर्णालीमा त्यसको अवस्था कमजोर छ ।’
अभियान राम्रै भएकाले प्रदेश सरकारको उक्त अभियानलाई सार्थक बनाउन केन्द्र सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । साथै उनले प्रत्येक प्रदेशमा डेटा सेन्टर सञ्चालनमा ल्याइने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण