‘राफेल खसालेको’ पाकिस्तानको दाबीमा भारतीय सेनाले के भन्यो?
नयाँ दिल्ली । भारतीय सेनाले आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो सम्मेलनमा एयर मार्शल एके भारतीले वायुसेनाका तर्फबाट राफेलसँग सम्बन्धित प्रश्नको जवाफ दिएका छन् ।
पाकिस्तानी सेनाले भारतीय आक्रमणको बदला लिन भारतका दुई राफेल विमान खसालेको दाबी गरेको थियो। यसको जवाफमा उनले भने , ‘हामी लडाईंको अवस्थामा छौं र क्षति यसको एक हिस्सा हो। तपाईंले सोध्नु पर्ने प्रश्न यो हो कि के हामीले हाम्रो उद्देश्य हासिल गरेका छौं? के हामीले आतंकवादी शिविरहरू नष्ट गर्ने हाम्रो उद्देश्य हासिल गरेका छौं? र उत्तर हो।’
एयर मार्शल एके भारतीले भने, ‘यसको परिणाम सम्पूर्ण संसारले हेर्नुपर्छ। जहाँसम्म विवरणको कुरा छ, के हुन सक्थ्यो, कति, कुन प्लेटफर्म हामीले गुमायौं। यस समयमा म यसबारे टिप्पणी गर्न चाहन्न। किनभने हामी अझै पनि लडाइँकै मोडमा छौं र यदि हामीले कुनै पनि कुरामा टिप्पणी गर्यौँ भने यसले विपक्षीलाई मात्र फाइदा पुर्याउँछ।’
उनले भने, ‘त्यसैले हामी अहिले यसलाई कुनै फाइदा दिन चाहँदैनौं। म यति मात्र भन्न सक्छु कि हामीले हाम्रा छनौट गरिएका उद्देश्यहरू प्राप्त गरेका छौं र हाम्रा सबै पाइलटहरू घर फर्किएका छन्।’
शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलो पटक पत्रकार सम्मेलन गरेको छ। यसैबिच, डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले 'अपरेशन सिन्दूर' मा १०० भन्दा बढी आतंककारी मारिएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण