रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, २९ वैशाख २०८२, १६ : १४

रुकुम पश्चिम । रुकुम पश्चिममा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानोभरी गाउँपालिका वडा नम्बर १० का ५० वर्षीय नरबहादुर ओली रहेका छन् ।
सोमबार लुम्बिनी प्रदेश ०२—००१ च ०१७७ नम्बरको गाडी सानोभरी गाउँपालिका—१० का सिम्लीदेखि भित्रितर्फ जोड्ने सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गाडी ब्रेक फेल भएर सडकबाट खसेको थियो । दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषी पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते