रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, २९ वैशाख २०८२, १६ : १४
रुकुम पश्चिम । रुकुम पश्चिममा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानोभरी गाउँपालिका वडा नम्बर १० का ५० वर्षीय नरबहादुर ओली रहेका छन् ।
सोमबार लुम्बिनी प्रदेश ०२—००१ च ०१७७ नम्बरको गाडी सानोभरी गाउँपालिका—१० का सिम्लीदेखि भित्रितर्फ जोड्ने सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गाडी ब्रेक फेल भएर सडकबाट खसेको थियो । दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषी पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण