पर्यटन बोर्डकाे रिक्त पदमा पोखरेलीलाई नियुक्त गर्न माग

पोखरा । नेपाल पर्यटन बोर्डमा पोखराले अंश खोजेको छ । पोखराका पर्यटन व्यवसायीले बोर्डको कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरी पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी मध्येबाट नियुक्त गर्न माग गरेका हुन् ।
पोखरा पर्यटन परिषद्ले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर पोखराको भावना बुझ्ने पात्र बोर्ड सदस्य नियुक्त हुनुपर्ने माग गरेको हो । विश्व पर्यटन बजारमा पोखरा स्थापित भइसकेको, पर्यटनको राजधानी समेत घोषणा भइसकेको र पर्यटनको राजधानी स्थापित गर्न आवश्यक पूर्वाधार र नीति निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।
पोखरालाई सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरिएको छ । भ्रमण वर्षको कार्यक्रम घोषणा भइरहँदा आवश्यक सहयोगका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराएको छ । पोखरामा निजी क्षेत्रको ६ खर्ब भन्दा बढी लगानी रहेको उल्लेख गर्दै परिषद्ले हाल पोखराबाट पर्यटन बोर्डमा प्रतिनिधित्व नभएकोले विशेष काम हुन नसकेको अध्यक्ष तारानाथ पहारीले बताए ।
‘पोखराबाट नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व नरहेको वर्तमान अवस्थामा देशकै पर्यटकीय राजधानीको रूपमा घोषणा भइसकेको यस क्षेत्रबाट नेपाल पर्यटन बोर्डको हाल रिक्त हुन लागेका कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरी पर्यटन व्यवसाय सञ्चालन गरी रहेका व्यवसायी मध्येबाट पोखराको प्रतिनिधित्व सुनिश्चितताका लागि आवश्यक पहल तथा निर्णय लिइदिनुहुन विनम्र अनुरोध गर्दछौँ’ पत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार हो : प्रचण्ड
-
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै
-
देउवासँग सहमहामन्त्री परियारले दलित संघका अध्यक्षबारे गुनासो गरेपछि...
-
व्यापारिक लेनदेनमा पुर्जी जारी भएका प्रदेश सांसद प्रधानमन्त्रीसँगै, हल्ला फैलिएपछि फुत्किए
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
-
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित