पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
बुधबार, ११ माघ २०७९, १४ : १७

जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान ११ बजेर ४५ मिनेटमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो । कालिकोटको तिलागुफा नगरपालिका– ४ राचुलीस्थित कर्णाली राजमार्गमा वर्षातका कारण पहिरो आई अवरुद्ध भएको जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए।
उनका अनुसार जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको वाग्मती प्रदेशको २९५८नम्बरको गाडी पहिरोमा फसेको छ। सो जीपको अगाडिको टायर पहिरोमा परेको हो । प्रहरी टोलीले पहिरो खुलाउने पहल गरिरहेको छ। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।
यता सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले खुलाउन तयारी भैरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द