पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
बुधबार, ११ माघ २०७९, १४ : १७
जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान ११ बजेर ४५ मिनेटमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो । कालिकोटको तिलागुफा नगरपालिका– ४ राचुलीस्थित कर्णाली राजमार्गमा वर्षातका कारण पहिरो आई अवरुद्ध भएको जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए।
उनका अनुसार जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको वाग्मती प्रदेशको २९५८नम्बरको गाडी पहिरोमा फसेको छ। सो जीपको अगाडिको टायर पहिरोमा परेको हो । प्रहरी टोलीले पहिरो खुलाउने पहल गरिरहेको छ। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।
यता सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले खुलाउन तयारी भैरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण