वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
सारांश
- झारकोटमा वडा कार्यालय र स्वास्थ्य चौकी भवनको शिलान्यास गरियो।
- दुई भवन निर्माणको ठेक्का खिङ्गा कन्स्ट्रक्सन मुस्ताङले पाएको छ।
- आगामी आर्थिक वर्षमा भवन सम्पन्न गर्ने लक्ष्य छ।
मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । त्यहाँस्थित झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीले दुवै भवनको धार्मिक विधिपूर्वक शिलान्यास गरेका हुन् ।
स्वास्थ्य चौकीको करिब सात रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको हो । यी दुवै भवनको दुई महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम अघि बढाइएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ, गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ, वडाध्यक्ष प्रमेश गुरुङसहित स्थानीयवासी र निर्माण व्यवसायीको उपस्थितिमा गुम्बाका प्रमुख लामा ठकुरीले बौद्ध धर्म परम्पराअनुसार धार्मिक विधिपूर्वक भूमि पूजा गरी वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरेका हुन् ।
वारागुङ मुक्तिक्षेत्र—१ स्थित झारकोटमा शिलान्यास गरिएको वडा कार्यालय भवन गाउँ पालिकाको आन्तरिक स्रोतमा निर्माण गर्न लागिएको हो भने स्वास्थ्य चौकी भवन प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गर्न लागिएको हो । वडाध्यक्ष प्रमेश गुरुङका अनुसार साढे दुई तलाको वडा कार्यालय भवन रु एक करोड ५१ हजार र दुई तले स्वास्थ्य चौकी भवनको ठेक्का सम्झौता रु एक करोड ५१ लाख रहेको छ ।
वडा कार्यालय र स्वास्थ्य चौकी भवन दुवै निर्माणको ठेक्का खिङ्गा कन्स्ट्रक्सन मुस्ताङले पाएको छ । ठेक्का प्रक्रिया र सम्झौता केही ढिला भएकाले बहुवर्षीय योजनाको रुपमा लगेर आगामी आर्थिक वर्षमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन सम्पन्न गर्ने लक्ष्य रहेको वडाध्यक्ष गुरुङले बताए । वारागुङ—१ मा वडा कार्यालय र स्वास्थ्य चौकीको सुविधाजनक भवन पूर्वाधार नहुँदा सेवाग्राही र सेवा प्रवाहमा समस्या भएको वडाध्यक्ष गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण