भेरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
बुधबार, २० जेठ २०८३, १९ : ४६
सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका–११ मटेलाका १३ वर्षीय छोरा अनिष गिरी रहेको जाजरकोटका प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो साढे ३ बजेतिर पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।बालक डुबेको खबर पाउनासाथ प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बम बहादुर थापाको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा उनको उद्धार गरेको थियो ।
उद्धार लगत्तै उनलाई गम्भीर अवस्थामा उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल पठाइएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण