८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘झ’ सार्वजनिक गर्ने भएको हो ।
सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इच्छुक खरिदकर्तालाई अनलाइन दरखास्त दिन भनेको छ । सूचना अनुसार ऋणपत्रको बोलकबोल मंगलबार दिउँसो ३ बजे हुनेछ भने निष्काशन बुधबार हुनेछ ।
कुल ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ६ अर्ब ८० करोड रुपैयाँ आपसी प्रतिशपर्धामा र १५ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिनेछ । सहभागिले दुबै प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको ब्याजदर भने कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्मको कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराउने बैंकले जनाएको छ । ब्याज भने खरिदकर्तालाई अर्धवार्षिक (६/६ महिना) मा प्रदान गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण