शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सोमबार, १६ माघ २०७९, १७ : ००
सोमबार, १६ माघ २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘झ’ सार्वजनिक गर्ने भएको हो । 
सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इच्छुक खरिदकर्तालाई अनलाइन दरखास्त दिन भनेको छ । सूचना अनुसार ऋणपत्रको बोलकबोल मंगलबार दिउँसो ३ बजे हुनेछ  भने निष्काशन बुधबार हुनेछ । 

कुल ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ६ अर्ब ८० करोड रुपैयाँ आपसी प्रतिशपर्धामा र १५ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिनेछ । सहभागिले दुबै प्रणालीबाट आवेदन दिन सक्नेछन् । 
ऋणपत्रको ब्याजदर भने कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्मको कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराउने बैंकले जनाएको छ । ब्याज भने खरिदकर्तालाई अर्धवार्षिक (६/६ महिना) मा प्रदान गरिने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप