डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला

रौतहट । रौतहटको गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा अखाद्य वस्तुहरू बरामद भएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर नगरपालिका ५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योगमा मङ्गलवार अनुगमन गर्दा अखाद्य वस्तु फेला परेको हो।
डेरी उद्योगमा भैँसी तथा अन्य पशुको बोसो र बोसोलाई मेशिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य वस्तुहरू ठुलो परिमाणमा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए । प्रहरी टोलीले डेरीका सञ्चालक मोहम्मद मतिउल्लाहलाई नियन्त्रणमा लिएको छ ।
साथै त्यहाँ कार्यरत २ जना कामदार र एक महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोधपुछको क्रममा भैँसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट विभिन्न चोर बाटो भएर नेपालमा भित्र्याइएको खुलेको छ ।
उक्त डेरीमा तयार पारिने घिउ गौर, काठमाडौँ सहित मुलुकको विभिन्न भागमा सप्लाई गर्ने गरिएको थियो । रौतहटका सिडिओ धर्मेन्द्रकुमार मिश्रले दोषीमाथि कानुन बमोजिम कारबाही हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय निजामती सेवा ऐनको विधेयक छिट्टै संसद्मा दर्ता गर्दैछौँ : मन्त्री मोदी
-
आप सांसदसँग विवाह गर्दै परिणीति ?
-
प्रधानमन्त्रीलाई बालेनको आग्रह : पहिला हाम्रा नदीनाला जोगाऊँ, लिपुलेक पछि जोगाउँला
-
एकीकृत समाजवादीले भौतिक मन्त्रालय पाउने निश्चित
-
हिमाली उत्पादनको प्रशोधन र ब्रान्डिङमा चासो बढ्दै
-
मन्त्री छान्न माधव नेपालले बोलाए आकस्मिक बैठक