राईको ‘अन्तिम आयाम’को विमोचन
पथरी, मोरङ - कथाकार शरण राईद्वारा लिखित ‘अन्तिम आयाम’ कथासंग्रहको बिहीबार बेलुका विराटनगरमा विमोचन गरिएको छ ।
बिहीबार आयोजित कार्यालयमा प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गरे । लिटररी एशोसिएशन, धरानको आयोजनामा प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा तुम्बाहाङले कथासंग्रहको विमोचन गरेका हुन् ।
साढे चार दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय राईका यसअघि विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित भइसकेका छन् ।
पाँचपोखरी प्रकाशन गृह, काठमाडौँले प्रकाशित गरेको संग्रहमा विभिन्न विषयवस्तुलाई समेटेर लेखेका १७ वटा कथा छन् । डा गोपाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा टंक न्यौपाने, रमेश शुभेच्छुक र भोलानाथ पोखरेलले समीक्षा गरेका थिए ।
कथामा वृद्धवृद्धाका समस्या र संरक्षण अभावलाई सशक्तरुपमा उठान गरिएको बताए । कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, कविराज न्यौपाने, गोकुल अधिकारी, अग्रज पत्रकार शिवबहादुर कार्कीलगायतले राईको कथासंग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारीले बजार नपाउँदा किसान मर्कामा
-
८२ रन बनाउँदै आउट भए कप्तान रोहित
-
नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
-
सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिन बन्न गुगलले एप्पललाई दियो २० अर्ब डलर
-
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्को अर्धशतक