शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

८२ रन बनाउँदै आउट भए कप्तान रोहित

बिहीबार, २० वैशाख २०८१, १५ : ०९
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

पेभेलियन फर्किनुअघि उनले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ८२ रन बनाए । यस क्रममा उनले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काएका थिए । उनलाई क्यारेबियन बलर ह्याडेन वाल्सले फोर्डद्वारा क्याच गराएका हुन् । 

रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए । वेस्ट इन्डिजविरुद्धको जारी शृंखलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

शृंखलाको पहिलो खेलमा उनले शतक बनाएका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो । दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् । १३.३ ओभरमा रोहित आउट हुँदा नेपालले एक सय २४ रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप