८२ रन बनाउँदै आउट भए कप्तान रोहित
काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
पेभेलियन फर्किनुअघि उनले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ८२ रन बनाए । यस क्रममा उनले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काएका थिए । उनलाई क्यारेबियन बलर ह्याडेन वाल्सले फोर्डद्वारा क्याच गराएका हुन् ।
रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए । वेस्ट इन्डिजविरुद्धको जारी शृंखलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
शृंखलाको पहिलो खेलमा उनले शतक बनाएका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो । दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् । १३.३ ओभरमा रोहित आउट हुँदा नेपालले एक सय २४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण