शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

कविता : लाखतिर लर्को

शनिबार, २८ माघ २०७९, १० : ५३
शनिबार, २८ माघ २०७९

अब यहाँ को काखतिर जान्छ ?
यहाँ त सबै लाखतिर जान्छ
पुर्खाले आर्ज्याको सकिँदै गएपछि
अन्तः विदेशकै आसतिर जान्छ ।

तँ त होस् म म हुँ भनी
जब जन पाखुरी सुर्किन थाले
प्रदेश, संघीयताको सत्ता मातले
साझा फूलबारी टुक्रिन थाले ।

ए धर्तीमा राज गर्ने शासकहरू हो
अमृत जति तिमीहरूले नै खाएका
दुई हात जोडी हालेको वाचा भुली
आभूषण जति तिमीहरूले नै लाएका ।

जनताले सुम्पेकै हो डाडु, पन्युँ
हजारौँ आसाले तिमीहरूकै हातमा
सत्ता बाँडफाँड मिलाउँदै दिनभर 
थाहा छैन के गर्छन् रातमा ।

जब देशको नासो सबै मासिन थाले
अनुदानको भुलभुलैया टाँसिन थाले
अब यहाँ को काखतिर जान्छ ?
यहाँ त सबै लाखतिर जान्छ ।
                  हाल: लस एन्जलस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप