कविता
कविता : लाखतिर लर्को
शनिबार, २८ माघ २०७९, १० : ५३
अब यहाँ को काखतिर जान्छ ?
यहाँ त सबै लाखतिर जान्छ
पुर्खाले आर्ज्याको सकिँदै गएपछि
अन्तः विदेशकै आसतिर जान्छ ।
तँ त होस् म म हुँ भनी
जब जन पाखुरी सुर्किन थाले
प्रदेश, संघीयताको सत्ता मातले
साझा फूलबारी टुक्रिन थाले ।
ए धर्तीमा राज गर्ने शासकहरू हो
अमृत जति तिमीहरूले नै खाएका
दुई हात जोडी हालेको वाचा भुली
आभूषण जति तिमीहरूले नै लाएका ।
जनताले सुम्पेकै हो डाडु, पन्युँ
हजारौँ आसाले तिमीहरूकै हातमा
सत्ता बाँडफाँड मिलाउँदै दिनभर
थाहा छैन के गर्छन् रातमा ।
जब देशको नासो सबै मासिन थाले
अनुदानको भुलभुलैया टाँसिन थाले
अब यहाँ को काखतिर जान्छ ?
यहाँ त सबै लाखतिर जान्छ ।
हाल: लस एन्जलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण