भन्सार राजश्व– यी प्रमुख ११ वस्तुको आयात घट्दा भन्सार कर प्रभावित
काठमाडौँ । नेपालमा आयात हुँदै आएको प्रमुख ११ वस्तुको आयात ह्वात्तै घटेको छ । सरकारले आयातमा प्रतिबन्ध लगाउँदा र नेपाल राष्ट्र बैंकले एलसीमा सतप्रतिशत मार्जिनको व्यवस्था गर्दा आयातमा ठूलो गिरावट आएको हो । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले नै प्रमुख ११ वस्तुको आयात घट्दा राजश्वमा समेत प्रत्यक्षरुपमा प्रभाव परेको जानकारी दिएको छ । नेपालमा वर्षेनी ठूलो परिणाममा पेट्रोलियम सवारीको आयात गर्दै आइरहेको थियो ।
तर, चालू वर्षमा विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित सरकारले नै पेट्रोलियम सवारीको आयात प्रतिबन्ध लगाएको थियो । यही कारण, ६ महिनाको अवधिमा पेट्रोलियम सवारीको आयात ९१.७ प्रतिशतले घटेको छ । जसकारण, यसबापत संकलन हुने राजश्व समेत ९२.३६ प्रतिशतले खुम्चिएको छ । यस्तै, डिजेलको आयात ३३.६५ प्रतिशतले खुम्चिँदा यसबापत संकलन हुने राजश्व १८.०८ प्रतिशतले घटेको छ । फलामजन्य कच्चा पदार्थको आयात ७१ प्रतिशतले घट्दा यसको राजश्व ६९ प्रतिशतले घटेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
डिजेल गाडीहरुको आयात ७७.६६ प्रतिशतले प्रभावित बन्दा राजश्व ७५.४५ प्रतिशतले, सुनको आयात ५२ प्रतिशतले घट्दा राजश्व ५२ प्रतिशतले, कोइलाको आयात ५५ प्रतिशलते घट्दा राजश्व ३८.८८ प्रतिशतले प्रभावित बनेको छ । यस्तै, चाँदीको आयात ९७.३७ प्रतिशतले घट्दा राजश्व ९६.८२ प्रतिशतले घटेको छ । सेरामिक्स ४० प्रतिशतले घट्दा राजश्व २८ प्रतिशत, सुर्यमूखी तेलको आयात ४१ प्रतिशत घट्दा यसबापत संकलन हुने राजश्व समेत ४३ प्रतिशतले खुम्चिएको छ ।
यसबाहेक, मदिराको आयात ७१ प्रतिशतले घट्दा यसबाट उठ्ने राजश्व ७० प्रतिशतले घटेको छ भने कच्चा पाम तेलको आयात ४९ प्रतिशतले घट्दा राजश्व ३७ प्रतिशतले घटेको छ । अर्थमन्त्रालयले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भएको आयात र यसबाट संकलित राजश्वको तुलनामा गिरावटको प्रतिशत निकालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण