आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एशियन गेम्स फन रन शुक्रवार हुने

बिहीबार, ०४ फागुन २०७९, १९ : २४
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । एशियन गेम्स फन रन शुक्रबार ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा आयोजना हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटी एनओसीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै एशियन गेम्स फन रन हुने जनाएको हो । आगामी सेम्पटेम्बरमा चीनमा आयोजना हुने एशियन गेम्सको प्रचारप्रसारका लागि ओलम्पिक कमिटिले एशियन गेम्स फन रन गर्न लागेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकार दिए ।

बिहान ७ बजे सुरु हुने रन गाबहाल, पुल्चोक, कृष्ण गल्लि, पाटन ढोका, अशोक हल, भीमसेन मन्दिर हुँदै पाटन दरबार स्क्वायरमा पुगेर समापन हुने तालिका रहेको छ । ओलम्पिक काउन्सिल अफ एशियाको कार्यक्रम अन्तर्गत रहेको फन रनमा विभिन्न विद्यालयका विद्यार्थी, पत्रकार, खेलसँग सम्बन्धित पदाधिकारीहरुले सहभागिता जनाउने छन् । नेपालमा दोस्रो पटक आयोजना हुन लागेको हो ।

चीनको होङजाउमा आयोजना हुने एशियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुदैछ । होङजाउमा आयोजना हुने गेम्स ५६ भेन्युमा हुनेछ भने ३१ अभ्यास स्थल तोकिएको छ । झन्दै दुई साता चल्ने गेम्समा यस पटक ४० खेलको ४ सय ८३ इभेन्ट्समा विभिन्न देशका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप