शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो

शुक्रबार, १२ फागुन २०७९, १५ : ५२
शुक्रबार, १२ फागुन २०७९

उगादुगुउ । बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ । कम्तीमा पाँच वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको हो । 

संसारको गरिब मध्येको एक देश बुर्किनाफासो सन् २०१५ देखि विद्रोही आक्रमणविरुद्ध लडिरहेको छ । रक्षामन्त्री कर्णेल मेजर कासौम कुलिबालीका अनुसार राष्ट्रिय सशस्त्र बलमा उनीहरूलाई समावेश गरिनेछ । यही फेब्रुवरी २८ देखि भर्ती प्रक्रिया प्रारम्भ हुनेछ । एक वर्षभन्दा कम अवधिमा बुर्किनाफासोको सेनाले सैन्य भर्ती अभियान आयोजना गरेको यो तेस्रो पटक हो । 

पश्चिमी बाउकल डु मौहौन क्षेत्र र उत्तरमा साहेल बुर्किनाफासोका १३ वटा क्षेत्रमध्ये हिंसाबाट अधिक प्रभावित छन् । बितेका सात वर्षमा एक हजारभन्दा बढी नागरिक र सैनिक मारिएका छन् भने करिब २० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । देशको ४० प्रतिशत भूभाग अतिवादी समूह अल–कायदा र इस्लामिक समूहसँग सम्बद्ध जिहादीको नियन्त्रणमा छ । (रासस/ एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप