कृषिजन्य वस्तुको आयात-निर्यात घट्यो
काठमाडौं । नेपालमा मुख्य कृषिजन्य वस्तुको आयातनिर्यात दुवै घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घटेको छ । भारतले कृषि उपजको निर्यातमा कडाइ गरेको र केही वस्तुको आन्तरिक उत्पादन बढेकाले आयात घटेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले कृषि वस्तुको आयात र निर्यात दुवै घटेको जानकारी दिए । ठूलो मात्रामा आयात घट्नुको कारणबारे मन्त्रालयले छुट्टै अध्ययन गरिसकेको नभए पनि भारतले कृषि उपजको निर्यातमा गरेको कडाइका कारण र केही वस्तुको आन्तरिक उत्पादन विगतको तुलनामा बढेको हुनाले आयात घटेको उनले दाबी गरे । केही हदसम्म मूल्य पनि घटेकाले यस्तो अवस्था देखिएको उनले बताए ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार धानरचामल र मकैको आयात घटेको छ । गहुँको आयात सबैभन्दा धेरै घटेको छ । सञ्जेलका अनुसार भारतले गहुँ निर्यातमा रोक लगाउनाले त्यसको प्रत्यक्ष असर नेपालको आयातमा परेको हो । रूस–युक्रेन तनावका कारण भारतले आफ्नै मुलुकमा गहुँ अभाव हुने अनुमान गरेर यसको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
त्यसैगरी केरा र आलुको आयात पनि घटेको छ । अन्य कृषि उपजको आयात घटिरहँदा प्याज आयात भने बढेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण