शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

'वेलकम-३' मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए

आइतबार, १४ फागुन २०७९, ०७ : ५७
आइतबार, १४ फागुन २०७९

मुम्बई  । बलिउड फ्यानहरूको सबैभन्दा मन पर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरूका लागि अब एउटा खुसीको खबर आएको छ । 

'वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय, परेश र सुनिलको त्रिकुटसँगै एक जोडी पनि आउँदै गरेको खबर छ ।

‘वेलकम ३’ मा अक्षयसँगै सञ्जय दत्त र अर्शद वारसी पनि देखिने भएका छन् । सञ्जय र अरशदले ‘मुन्नाभाई’ जस्ता धेरै लोकप्रिय र ब्लकबस्टर फिल्म दिएका छन् । 

यी जोडीले ‘धमाल’ फ्रेन्चाइजमा पनि सँगै काम गरेका थिए । सञ्जय र अरशदको जोडीलाई पर्दामा फेरि एकसाथ हेर्नका लागि फ्यानहरू विगत केही वर्षदेखि पर्खिरहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप