मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपप्रधानमन्त्री श्रेष्ठ जनकपुर आउँदै

आइतबार, १४ फागुन २०७९, १४ : ४८
आइतबार, १४ फागुन २०७९

जनकपुरधाम । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुर आउने भएका छन् । साँझ ५ : २५ मा बुद्ध एयरबाट मन्त्री श्रेष्ठ जनकपुर आउन लागेका हुन् । जनकपुर ओर्लिएलगत्तै मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्ने र महोत्तरीको बर्दिवास प्रस्थान गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिपक यादवले बताए ।

मन्त्री श्रेष्ठले भोलि (सोमबार) हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । लामो समयदेखि निर्माणाधीन उक्त पुल निर्माणको अन्तिम अन्तिम चरणमा पुग्दा उद्घाटन नहुँदै २०७८ असारमा भत्किए पछि चौतर्फी आलोचना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप