पूर्वाधार विकासका कार्यमा तीव्रता, नौबिसे–नागढुंगा सुरुङ्गमार्ग सम्पन्न
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकार भौतिक पूर्वाधार र विकास निर्माणमा तीव्र गतिमा अघि बढेको दाबी गरेका छन् । सरकारले यसै वर्ष नौबिसे–नागढुंगा सुरुङ्गमार्गको निर्माण सम्पन्न गरेको बताउँदै पूर्वपश्चिम राजर्माको स्तरउन्नती वृद्धि गरिएको, सुनकोशी मरिङ डाइभर्सनको टनेल ब्रेकथ्रु भएको बताएका छन् । यसै वर्ष ३ हजार हेक्टर क्षेत्रफलमा थप सिचाइ पुगेको बताउँदै राष्ट्रपति पौडेलले विद्युत उत्पादन २ हजार ४० मेगावाट पुगेको बताए ।
वित्त र मौद्रिक नीतिको सामजस्यताका कारण अर्थतन्त्रमा सुधार आएको छ । मुद्रास्फीतिमा सुधार आएको छ । वित्त स्थितिमा सुधारसँगै प्राप्त लगानी योग्य रकम (तरलता) रहेको छ । पर्यटक आगमनमा उल्लेख्य सुधार आएको छ र समयमा नै वर्षा, मल बिउको उपलब्धताले यो वर्ष कृषि उत्पादनमा समेत वृद्धि हुने देखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण