नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने – अर्थतन्त्रमा सुधार आइरहेको छ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएका छन् । आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको बताएका हुन् ।
यस्तै मुद्रास्फितीदर घटेको राष्ट्रपति पौडेलले बताए । लगानीको वातावरण सुधार गर्नका लागि कानुनको संशोधन गरेका र बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको उनले बताएका छन् ।
वित्तीय प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी रहेको र लामो समयदेखि घाटामा रहेको चालू खाता नाफामा आएको उनले बताए । यस्तै सोधानान्तर स्थिति सुधार आएको र पर्यटनको आवागमन बढ्दा अर्थतन्त्र चलायमान बनेको उनले बताए ।
यसबाहेक समयमा नै बिउ र मल उपलब्धता हुँदा धान र खेतीबालीको उत्पादन बढेको राष्ट्रपतिले बताए । थप ३ हजार भूमिमा सिञ्चाई सुविधा विस्तार हुँदा सुनकोसी मरिन डाइभर्सनको सुरुङ समयअगावै छिचोलिएको उनले बताए ।
जलविद्युत उत्पादनको जडित क्षमता २९ सय मेगावाटभन्दा माथि पुग्दा ९६ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युतको पहुँच पुगेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी तीन चिजको सेवनले पुर्याउँछ मस्तिष्कमा क्षति
-
अग्नि नियन्त्रकले काम गरेको हेर्न युवकले लगाए आफ्नै घरमा आगो
-
लेडी गागाको कन्सर्टमा २१ लाख दर्शक !
-
निर्माणाधीन संसद् भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर