नीति तथा कार्यक्रम : यस्ता छन् सरकारका मुख्य प्राथमिकता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
राष्ट्रपति पौडेलले वाचन गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनर्उत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताएका छन् ।
सुशासनलाई संस्तथागत, विकासलाई गति र सेवा प्रवाहलाई सुधार गर्न सरकार स्पष्टसाथ अघि बढेको पनि राष्ट्रपतिले जनाएका छन् । त्यस्तै शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको राष्ट्रपतिले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण