दहीसँग खान नहुने ५ चिज

काठमाडौँ । गर्मी याममा शरीरलाई चिसो राख्न धेरै मानिसहरू दही खान मन पराउँछन् । दही सेवनका अनेकौँ स्वास्थ्य लाभ पनि छन् । दहीमा सोडियम, पोटासियम, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन डी जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ ।
गर्मीमा मानिसहरू प्रायः खानाको साथमा दही खान्छन् । कोही खाजामा रोटी वा च्यूरासँग पनि दहीको सेवन गर्छन् । दहीमा पानी मिसाएर खानेहरू पनि उत्तिकै पाइन्छ । दहीसँग खान नहुने केही कुराहरू पनि छन् । यस्ता चिजको सेवनले स्वास्थ्यलाई ठुलो हानि पुर्याउन सक्छ ।
आजको लेखमा हामीहरू दहीसँग कुन–कुन खानेकुरा खानु हुँदैन भन्नेबारे कुराकानी गर्नेछौँ ।
दूध र दही
दूध खाए लगत्तै दही खानु हुँदैन । दही मात्र होइन, दूध खाएपछि कुनै पनि फर्मेनटेड प्रडक्ट खानु हुन्न । यसो गर्दा पेट दुख्नुका साथै अन्य धेरै पाचन समस्याले सताउन सक्छ ।
दही र प्याज
प्याजबाट बनेको कुनै पनि चीजसँग दहीको सेवन गर्नु हुँदैन । प्याज गर्मी गराउने खानेकुरा हो भने दही चिसो गराउने यी दुईलाई सँगसँगै खाँदा कसै कसैलाई एलर्जीको समस्या हुन सक्छ । अनुहारमा बिबिरा आउने, छाला पोल्ने जस्ता समस्या पनि देखिन सक्छ ।
दहीसँग घ्यू
दही र घ्यू पनि सँगसँगै खानु हुँदैन । घिउमा चिल्लो हुन्छ । घिउसँगै दही खाँदा मेटाबोलिजम प्रक्रिया सुस्त हुन्छ । यसले आलस्य बढाउन र निद्रा लाग्ने जस्ता समस्या निम्त्याउँछ ।
अमिला फल
अमिलो फलफूलसँग दही खानु हुँदैन । दही खाएको बेलामा गोलभेँडा, मौसमी फलफूल, कागती वा अन्य फलफूलबाट टाढा रहनुहोस् । तरबूजसँग पनि कहिल्यै दही खानु हुँदैन । आयुर्वेदमा यी दुई खानेकुरालाई एक अर्काको विपरीत खानेकुरा मानिन्छ ।
आँप र दही
केही मानिसहरू दहीलाई म्याङगो सेकमा पनि हाल्छन् । दही एनिमल प्रोटिन हो । यो अन्य कुनै फलसँग मिलेर शरीरमा फर्मेन्ट हुन थाल्छ । यसका कारण शरीरमा अपच, एसिडिटी जस्ता समस्याहरू देखिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश
-
‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’
-
खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?
-
सडकबाटो बिग्रिएपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द