अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो 'प्रि–वेडिङ' सुरु, क्रुज जहाजमा हुनेछ सबै कार्यक्रम
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्तको दोस्रो प्रि–वेडिङ सेलिब्रेशनको नयाँ अपडेट बाहिर आएको छ । यस उत्सवमा ८०० जना अतिथिहरूलाई निम्ता गरिनेछ । सेलिब्रेशन समुद्रको बिचमा क्रुज जहाजमा हुनेछ । क्रुज जहाजको यात्रा इटालीको सिटी पोर्टबाट प्रस्थान भएर दक्षिणी फ्रान्समा सकिनेछ । यस क्रुज जहाजमा पाहुनाहरूको बसोबास देखि खानपानसम्मका सबै आवश्यकताहरूको हेरचाह गर्न ६०० जना कर्मचारी हुने बताइएको छ ।
४ हजार ३८० किमीको यो यात्रा २८ मेबाट सुरु भएर ३० मेसम्म चल्नेछ । यसमा अम्बानी परिवारसँग जोडिएका विशेष व्यक्तिहरू समावेश हुनेछन् । बलिउडका तीन खान, बच्चन र कपूर परिवार पनि यसमा आउने सम्भावना छ । यस बाहेक, व्यापार जगतका धेरै प्रसिद्ध व्यक्तिहरूले पनि यस समारोहमा सहभागी हुन सक्ने अनुमान गरिएको छ ।
जामनगरमा मार्च १ देखि ३ सम्म चलेको पहिलो प्रि–वेडिङ सेलिब्रेशनमा १००० भन्दा बढी पाहुना सहभागी भएका थिए । रिपोर्टका अनुसार यो समारोहमा अम्बानीले १२ अर्ब रुपैयाँ खर्च गरेका थिए । यसमा रिहाना र एकोन जस्ता चर्चित विदेशी कलाकारहरुले पनि प्रस्तुति दिएका थिए । अनन्त र राधिकाको बिहे भने यही जुलाईमा मुम्बईको जियो वर्ल्ड सेन्टरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण