राष्ट्र बैंकले भन्यो, ‘बैंकले लिने ब्याजसँगै सेवा शुल्कको पनि जानकारी राखौं’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा राम्रो ज्ञान राख्न अपिल गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै अतिरिक्त सेवा शुल्क समेत लिने गरेको भन्दै सोमा ध्यान दिन सर्वसाधारणलाई सचेत गराएको हो ।
बैंकले भनेको छ, ‘कर्जा उपयोग गर्दा कर्जाको लागि ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो शुल्कको बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जा कारोबार गर्नुपर्दछ’ केन्द्रीय बैंकले थप भनेको छ, ‘ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व हो ।’
विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ । तोकिएको शुल्क बाहेक अन्य कुनै पनि शुल्क लिन पाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला