बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

घुस लिने नापी कार्यालय मनमैजुका सर्वेक्षकसहित दुई जना पक्राउ

मङ्गलबार, १४ चैत २०७९, १८ : ०४
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । काठमाडौँको मनमैजुस्थित नापी कार्यालयका नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्की छन् ।

अख्तियार स्रोतका अनुसार आरोपीहरूको साथबाट १ लाख ७५ हजार घुस रकम बरामद गरिएको छ । कित्ताकाट गर्न सहजीकरण गरेबापत आरोपीहरुले सेवाग्राहीसँग घुस रकम मागेका थिए ।

अभिषेक कार्की मनमैजुस्थित मुक्तिनाथ कानुनी सेवाको सञ्चालक हुन् । नापी सर्वेक्षकलाई कार्यकक्षबाट नै पक्राउ गरिएको अख्तियारका एक जना अधिकृतले रातोपाटीलाई बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप