घुस लिने नापी कार्यालय मनमैजुका सर्वेक्षकसहित दुई जना पक्राउ
मङ्गलबार, १४ चैत २०७९, १८ : ०४
काठमाडौँ । काठमाडौँको मनमैजुस्थित नापी कार्यालयका नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्की छन् ।
अख्तियार स्रोतका अनुसार आरोपीहरूको साथबाट १ लाख ७५ हजार घुस रकम बरामद गरिएको छ । कित्ताकाट गर्न सहजीकरण गरेबापत आरोपीहरुले सेवाग्राहीसँग घुस रकम मागेका थिए ।
अभिषेक कार्की मनमैजुस्थित मुक्तिनाथ कानुनी सेवाको सञ्चालक हुन् । नापी सर्वेक्षकलाई कार्यकक्षबाट नै पक्राउ गरिएको अख्तियारका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण