आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको साततले दरबार मर्मत सम्भारमा ध्यान दिन सांसद केसीको माग

आइतबार, ०७ जेठ २०८०, ११ : ४८
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नुवाकोटको सात तले दरबारको मर्मत सम्भारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । आइतबार बसेको संसद्को शून्य समयमा बोल्दै उनले नुवाकोटको सात तले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा रहेको बताए । 

‘राष्ट्रिय एकीकरणको महत्त्वपूर्ण थलोको रूपमा रहेको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको नुवाकोटको साततले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा छ । मर्मत सम्भार हुन सकेको छैन ।  त्यतातिर सरकारको ध्यान जाओस् ।’

नुवाकोट सम्पदा बस्ती विकास आयोजनाको काम अगाडि बढाउन पनि सांसद केसीको माग छ । यस्तै उनले नुवाकोटवासीलाई खानेपानीको व्यवस्था गराउन पनि माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप