एपीएफ क्लबले सजिलै हरायो कोशी प्रदेशलाई
काठमाडौँ । ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई २४ रनले हराएको छ । वर्षाका कारण खेल पाँच–पाँच ओभरमा झारिएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ५६ रन बनाएको थियो । एपीएफ क्लबका लागि ईन्दू बर्माले अविजित ३८ रनको योगदान गरिन् । उनले १५ बलमा दुई छक्का र पाँच चौका पनि हिर्काइन् ।
एपीएफ क्लबका लागि ओपनर ममता चौधरीले नौ रन बनाइन् । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने निर्धारित ओभरमा दुई विकेट गुमाएर ३२ रनमात्र बनाउन सक्यो । कोशी प्रदेशका लागि ओपनर अप्सरी बेगमले अविजित २५ रन बनाइन् ।
कप्तानसमेत रहेकी अप्सरीले २० बलको सामना गरी दुई चौका पनि हिर्काइन् । उक्त खेलमा एपीएफ क्लबकी ईन्दू बर्मा प्लेयर अफ दी म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण