शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाकी सांसद सुमनाले नियमापत्ति गरेपछि रोष्टम पुगेका स्वर्णिमले बोल्न पाएनन्

शुक्रबार, २६ जेठ २०८०, १५ : २९
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महत प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक बर्षका लागि प्रस्तुत बजेटमाथि भइरहेको छलफलका क्रममा पटक-पटक अर्थमन्त्री महतको खोजी भएको थियो ।

अर्थमन्त्री राष्ट्रियसभामा सांसदहरुको जवाफ दिन गएका थिए । तर राष्ट्रियसभाको बैठक सकिएपछि पनि अर्थमन्त्री नआएपछि राष्ट्रिय स्वतन्त्र पार्टीर्की सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेकी थिइन् । 

उनले नियमापत्ति गरेपछि रोष्टममा पुगेका उनकै पार्टीका सांसद स्वर्णिम वाग्लेले बोल्न पाएनन् । सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप