शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटप्रति सांसदको टिप्पणी– ‘जसले हान्यो त्यसले जान्यो’

मङ्गलबार, १९ असार २०८०, १५ : ०२
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य रामचन्द्र राईले आर्थिक वर्ष २०८०/८१ को बजेट ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाइलाई सार्थक बनाउने गरी आएको बताएका छन् ।  

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै राईले आव २०८०/८१ को बजेट मनमौजी तरिकाले आएको बताए । उनले डडेलधुरा, गोरखा र नुवाकोट जिल्लामा मात्रै बजेटको ४५ प्रतिशत रकम विनियोजन गरिएको बताए ।  

राईले बजेटले समन्यायिक विकासलाई आत्मसात गर्न नसकेको बताए । आदिवासी, जतजातिको क्षेत्रमा पनि बजेटले कुनै चासो नदेखाएको उनले बताए ।  

राईले बजेटमार्फत नेपालमा भएका भौतिक र अभौतिक सम्पदाहरुलाई संरक्षण तथा संवर्द्धन गर्ने कुरामा पनि चासो नदेखाएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप