ग्यास चुल्होबाट दम रोगको खतरा
ठुलो आँचमा प्रयोग गरिने सिङ्गल ग्यास बर्नर चुल्होबाट अत्यधिक मात्रामा बेन्जिन रसायन निस्कन्छ । बेन्जिन दमसमेत विभिन्न खालका खतरनाक रोगको एउटा कारण बन्न सक्छ ।
घरमा खाना बनाउनका लागि प्रयोग हुने ग्यास चुल्होले दमसमेत थुप्रै रोगलाई जन्म दिन्छ । यसबारे मानिसलाई जानकारी छैन तर अमेरिकामा गरिएको शोधले यस्तो दाबी गर्छ ।
स्ट्यानफर्ड अनुसन्धाताले गरेको एक नयाँ अध्ययनमा यस्ता ग्यास चुल्होबाट निस्कने हानिकारक ग्यासले सास सम्बन्धी रोगका साथै थुप्रै खतरनाक रोगसमेत लाग्न सक्ने बताइएको छ । यसमा ल्युकेमिया र लिम्फोमाजस्ता क्यान्सर पनि समावेश छन् । ग्यास चुल्हो ४५ मिनेटसम्म मात्र बल्दा पनि यसले बेन्जिनको स्तरलाई यतिसम्म बढाउँछ कि यो चुरोट पिउने मानिसको नजिकै बसेको भन्दा पनि खतरनाक हुनसक्छ ।
बेन्जिनको हानिकारक असर
यो अध्ययनमा चुल्होबाट निस्कने बेन्जिन ग्यासलाई निकै हानिकारक बताइएको छ । यो भान्सामा मात्रै सीमित हुँदैन । यसले बिस्तारै घर भरी फैलिएर, अरू कोठामा भएका मानिसलाई समेत क्षति पुर्याउन सक्छ । उदाहरणका लागि चुल्हो बन्द भएपछि पनि बेडरुममा बेन्जिनको खतरनाक मात्रा घण्टौँसम्म हावामा रहिरहन्छ । यसबाट निस्कने प्रदूषणको तुलना कुनै तेल वा ग्यास संयन्त्रको नजिकैको इलाकामा हुने प्रदूषणसँग गर्न सकिन्छ । अनुसन्धानको दाबी अनुसार इन्डक्सन चुल्होबाट यति मात्रामा बेन्जिन निस्किएको कुनै प्रमाण छैन ।
यो अनुसन्धानका लागि सन् २०२२ मा क्यालिफोर्निया र कोलोराडोका ८७ घरमा ग्यास र प्रोपेनको चुल्होको अध्ययन गरियो । ती मध्ये ३० प्रतिशत भान्सा घरमा एउटा मात्रै ग्यास बर्नर भएको चुल्होलाई ठुलो आँचमा प्रयोग गर्ने गरिएको पाइयो । त्यसबाट निस्किएको बेन्जिन चुरोट पिउने मानिस नजिकै बस्दा हुने हानीभन्दा बढी देखियो । यो अमेरिकामा इनभारोन्मेन्टल प्रोटेक्सन एजेन्सी (इपीए) र विश्व स्वास्थ्य सङ्गठनद्वारा निश्चित गरिएको मानकभन्दा बढी हो । यो शोध पत्र इन्भारोन्मेन्टल साइन्स एन्ड टेक्नोलोजी जर्नलमा प्रकाशित भएको छ ।
ग्यास चुल्होले जलवायु परिवर्तन ?
अर्को अनुसन्धानमा, अमेरिकामा साना बच्चाहरूमा दमका केसहरू मध्ये १३ प्रतिशत मामिला घरको ग्यास चुलोसँग जोडिएको थियो । स्वास्थ्यका लागि मात्रै होइन, ग्यास चुलो जलवायुका लागि पनि खतरा हो । स्ट्यानफोर्डले यसअघि एउटा अध्ययनमा ग्यास चुलो बन्द हुँदा पनि मिथेन र अन्य हानिकारक ग्याँसहरू चुहिन्छन् भनिएको थियो । मिथेन एक शक्तिशाली हरित गृह ग्यास हो जसले जलवायु परिवर्तन गराउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण