भोटेकोशी नदीमा पानीको बहाव बढ्दै, नदी किनारमा सावधानी रहन आग्रह
बुधबार, २७ असार २०८०, २१ : २९
रसुवा । भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा आज अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी किनारका आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
अहिले भोटोकोशी खोलाको बाढी स्याफ्रुबेँसीबाट तल झरेको बताइएको छ । बेत्रावती तथा मैलुङ क्षेत्रका नदी आसपासका बासिन्दालाई माइकिङद्वारा सूचना प्रवाह भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।
मातहतका सबै प्रहरी चौकीमार्फत सतर्कता अपनाउने कार्य भइरहेको जानकारी दिँदै रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बाढीबाट हुनसक्ने असरबाट सबैजना सुरक्षित रहन र सुरक्षित गराउन अनुरोध गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण