आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पवनले पाकिस्तानको दोस्रो विकेट पनि लिए

शुक्रबार, २९ असार २०८०, १४ : २०
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि नेपाली बलर पवन सर्राफले नै लिएका हुन् ।

उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान सइम अयुबलाई २४ रनको ब्यक्तिगत स्कोरमा परिवर्तित खेलाडी सन्दीप जोराद्वारा क्याच गराएका हुन् । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ९.२ ओभरमा दुई विकेट गुमाएर ५० रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप