हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम सम्भव छ : राष्ट्रपति बाइडेन
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने बताएका छन् । सियाटलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले हमासले बन्धकहरु रिहा गर्ने र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए ।
अमेरिका पनि युद्धविरामको पक्षमा रहेको उल्लेख गर्दै रफाहमा इजरायलको गरेको आक्रमणको विरोध बाइडेनले गरे । बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै सरकारले तोपखाना र अन्य हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए ।
हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन् । हमासका आतङ्ककारीहरूले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाई हमला गरेका थिए । यस हमलामा ११७० भन्दा बढी मानिस मारिएका थिए । त्यतिबेला २५० जनालाई अपहरण गरी गाजा पट्टी लगिएको थियो । त्यसयता तीमध्ये आधा बन्धक अझै हमासको नियन्त्रणमा छन् ।
उक्त नियन्त्रणमा नेपालका विपिन जोशी पनि रहेको र उनको पनि अहिलेसम्म कुनै सूचना बाहिर आएको छैन । इजरायलको जवाफी हमलामा गाजामा ३४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण