आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट

कप्तान रोहितको अर्धसतक पूरा

सोमबार, ०१ साउन २०८०, १६ : ३२
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् । 

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले अर्धसतक बनाएका हुन् । उनले २८औं ओभरमा ६४ बलको सामना गरी ६ चौकाको मद्दतले ५० रन पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ६ विकेट गुमाएर एक सय १४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप