आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

वर्षायाममा असाध्यै झरिरहेको छ कपाल ? यी पाँच तरिकाले जोगाउनुहोस्

मङ्गलबार, ०२ साउन २०८०, १६ : ४९
मङ्गलबार, ०२ साउन २०८०

देशको धेरैजसो स्थानमा वर्षा भइरहेको छ । वर्षाको मौसममा विभिन्न रोग पनि बढ्छ । छाला र कपालका लागि पनि यो मौसममा असाध्यै सावधान हुनुपर्छ नभए थुप्रै समस्या निम्तिन सक्छ । जानकारलाई विश्वास गर्ने हो भने वर्षायाममा कपाल झर्ने समस्या अत्यधिक हुन्छ । तपाईंको पनि यो मौसममा धेरै कपाल झरिरहेको छ भने छाला रोग विशेषज्ञसँग केही टिप्स दिनुहोस् । यी टिप्स अपनाएर तपाईंले कपाल झर्ने समस्याबाट राहत पाउन सक्नुहुन्छ ।

भारतको युपीस्थित कानपुरको जिएसभिएम मेडिकल कलेजका सह–प्राध्यापक तथा छाला रोग विशेषज्ञ डा. युगल राजपूतले यसबारे कुराकानी गरेका छन् । डा. राजपूतका अनुसार वर्षायाममा हावा र वातावरण ओसिलो हुन्छ र पसिना पनि धेरै नै आउँछ । यो मौसममा कपालको जरा रुखो हुने खतरा पनि बढ्छ जसका कारण कपाल कमजोर हुन्छन् र झर्न थाल्छन् । पानीमा भिज्ने भएकोले कपालको जरामा फंगल इन्फेक्सन पनि हुन्छ जुन कपाल झर्नुको कारण बन्ने गर्छ । त्यसैले कपालको विशेष ख्याल राख्नुपर्छ । 

वर्षायामा दैनिक ३०० वटा कपाल झर्न सक्छ

छाला रोग विशेषज्ञ युगलका अनुसार नुहाउँदा र कपाल कोर्दा दैनिक सय वटा कपाल झर्नु सामान्य मानिन्छ । वर्षायाममा दैनिक ३०० सम्म कपाल झर्न सक्छ । यसको सङ्ख्या बढी पनि हुनसक्छ । त्यसैले कपालका लागि सावधानी अपनाउनुपर्छ र हेयर फललाई रोक्न हर सम्भव कोसिस गर्नुपर्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने यो मौसममा तोरीको तेल धेरै लगाउनु हुँदैन । यस्तो गर्दा कपाल झर्ने समस्या थप बढ्छ सक्छ ।

– वर्षायामा नभिज्नुहोस् । भिजिहाल्यो भने पनि तत्काल सुकाउनुहोस् । यस्तो गर्दा फंगल इन्फेक्सनको खतरा कम हुन्छ र कपाल झर्ने समस्याबाट राहत मिल्नेछ । 

– कपाल झर्नबाट रोक्नका लागि कपालमा नरिवलको तेलले राम्रोसँग मसाज गर्नुहोस् । यस्तो गर्दा कपालको जरा रुखो हुनबाट जोगिन्छ । यसले कन्डिसनरको काम पनि गर्छ । हरेक हप्ता १–२ पटक नरिवलको तेल वा अरू कुनै तेलले मसाज गर्नुहोस् ।

– वर्षायाममा नुहाउँदा कन्सिडसनर प्रयोग  गर्न नबिर्सनुहोस् । यसो गर्दा कपाल बलियो हुन्छ । 

– कपाललाई बलियो बनाउन र कपाल झर्ने समस्याबाट राहत पाउनका लागि प्रोटिनले भरपुर खाना खानुहोस् । यो मौसममा तपाईं दाल, पनिर र सोयाबिनको मात्रा बढाउन सक्नुहुन्छ । खानामा कुखुराको मासु र अण्डा पनि खान सक्नुहुन्छ ।

– मौसमी फलफूल खाँदा पनि कपाल झर्नबाट रोकिन्छ । यसले कपाललाई जिङ्क, म्याग्नेसियम र भिटामिन मिल्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप