तेक्वान्दो रेफ्रि तथा कलाकर्मी घले अमेरिकामा सम्मानित
शुक्रबार, १२ साउन २०८०, १३ : ४८
काठमाडौँ । तेक्वान्दो रेफ्रि तथा कलाकर्मी विकास घले गुरुङ बिहीबार अमेरिकामा सम्मानित भएका छन् । तेक्वान्दो खेलको विकासमा महत्वपूणर् योगदान पुर्याएवापत उनलाई अमेरिकाको बाल्टिमोरमा दी सिनेट अफ मेरिल्यान्डले सम्मान गरेको हो ।
विकास वल्र्ड तेक्न्दोका पाँचौं डान, सर्टिफाइड मास्टर, सर्टिफाइड परीक्षा नियन्त्रक, राष्ट्रिय रेफ्रि र अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी नेपालका चर्चित नृत्य निर्देशकका रुपमा पनि परिचित छन् । उनले भारतबाट सास्त्रिय नृत्यमा संगीत प्रभाकर गरेका छन् ।
उनी चलित्र कथा-पटकथा तथा गीत लेखनमा समेत सक्रिय छन् । उनी हाल अमेरिकाको ह्यारिष्सवर्ग पीए सहरमा बस्दै आएका छन् । अमेरिकामा पनि उनले आफ्नो पेशालाई निरन्तरता दिएका छन् । विकाससँगै मास्टर कृष्ण खड्का र मास्टर संजिव नेपालीलाई पनि सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
-
जब फ्रान्सले जित्न सिक्यो
-
इरान वार्ताबारे अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशङ्का
-
विश्वकप सुरु हुनुअघि मेक्सिको सिटीमा मानव लहरको विश्व कीर्तिमान प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण