आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मानसिक स्वास्थ्य नीति बनाइने

आइतबार, २४ जेठ २०८३, १५ : १४
आइतबार, २४ जेठ २०८३

सारांश

  • सरकारले देशमा विकराल बन्दै गएको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न नीति बनाउने भएको छ ।
  • स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सर्वोच्च अदालतको आदेशपछि मानसिक स्वास्थ्य नीति निर्माणको तयारी भइरहेको बताए ।
  • उनले अब रणनीति मात्र नभई नीति नै बनाएर अघि बढ्ने र अस्पताल सुधार कार्यविधि कार्यान्वयनमा जोड दिने बताए ।

काठमाडौँ । सरकारले  मानसिक स्वास्थ्य नीति बनाउने भएको छ । मानसिक स्वास्थ्य विकराल रूपमा रहेको भन्दै मानसिक स्वास्थ्य नीति बनाउने तयारी भइरहेको स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटाले छिट्टै नै मानसिक स्वास्थ्य नीति बनाउने गरी कार्य थालिने आइतबार बताए ।

डा.देवकोटाले भने,‘सम्मानित सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ । अहिले हाम्रो देशमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गइरहेको छ । अब रणनीति मात्रै होइन नीतिनै बनाएर अघि बढ्छौं ।’ 

सचिव डा. देवकोटाले सुशासन सरकारको प्राथमिकतामा रहेको भन्दै अस्पताल सुधार कार्यविधिलाई कार्यान्वयन गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप