शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वैवाहिक बन्धनमा बाँधिए विमल घर्तीमगर

आइतबार, ०३ भदौ २०८०, १७ : ३१
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आइतबार मन्दिरमा प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् । २५ वर्षीय विमलले विवाहको तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमा पनि सेयर गरेका छन् । 

‘मेरो विगत, वर्तमान र भविष्य,’ फेसबुकमा उनले लेखेका छन्, ‘अनि, उनी मेरो अर्धाङ्गीनीभन्दा अरु कोही हुन सक्दैन ।’ 

विमलले पछिल्लो पटक एएफसी कप छनोटको भुटानी क्लब पारोविरुद्धको खेलमा गोल गरेका थिए । मच्छिन्द्र क्लब र पारोबीचको उक्त खेल दशरथ रङ्गशालामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप