सनको ह्याट्रिकमा स्पर्सको गोलवर्षा, चेल्सी घरेलु मैदानमा स्तब्ध
लण्डन । सन ह्युङ मिनको ह्याट्रिको मद्दतले टोटनह्याम हटस्पर्सले गोलले पछि परेको स्थिति उल्टाउँदै बर्नलीमाथि ५–२ को शानदार जीत हासिल गरेको छ ।
लाइल फोस्टरले खेलको चौथो मिनेटमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, १६ औँ मिनेटमा सनले स्पर्सका लागि बराबरी गोल फर्काए । पहिलो हाफको अतिरिक्त समयमा क्रिस्टियन रोमेरोले स्पर्सलाई खेलमा पहिलोपल्ट अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा नै जेम्स म्याडिसनले स्पर्सका लागि तेस्रो गोल गरे । त्यसपछि ३ मिनेटको अन्तरमा सनले दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । इन्जुरी समयमा जोस ब्राउन हिलले बर्नलीका लागि दोस्रो गोल गरे पनि खेल
स्पर्सले आफ्नो पक्षमा पार्न सफल भयो । चार खेलपछि १० अंक बटुल्दै स्पर्स गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
उता, चेल्सी भने आफ्नै घरेलु मैदानमा नटिङह्याम फरेस्टसँग स्तब्ध बन्यो । एन्थोनी इलांगाले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।
पराजयसँगै चार खेलबाट मात्र ४ अंक बटुल्दै चेल्सी लिगको ११ औँ स्थानमा सीमित रहेको छ । ६ अंकसहित फरेस्ट भने लिगको नवौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण