शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

महँगीका कारण महिलामाथि अत्यधिक हिंसा बढ्यो : विद्या भट्टराई

सोमबार, १८ भदौ २०८०, १४ : १२
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । एमाले सांसद विद्या भट्टराईले मूल्य वृद्धि आकासिए पनि सरकारले बेवास्ता गरेको भन्दै महँगीका कारण महिलामाथि हिंसा समेत बढेको बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले महंगीको प्रत्यक्ष असर लैङ्गिक हिंसामार्फत प्रकट भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘महँगीकै कारण महिलामाथि अत्यधिक हिंसा बढेको छ’, २०७८ र ०७९ को तथ्याङ्क पेस गर्दै भट्टराईले भनिन्, ‘२०८० को जेठ र असारमा भएका महिला हिंसाको विश्वलेण गर्दा समग्रतामा ५२ प्रतिशत अर्थात २०१ जनामा सवैभन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ ।’

उनले यो अवधिमा ७४ वटा बलात्कार, १० वटा बलात्कार प्रयास, ३६ वटा सामाजिक हिंसा, १९ हत्या, तीनवटा हत्या प्रयास भएको बताइन् । जुन विवरणले आम महिला हिंसाबाट पीडित भए पनि सरकार बनेका कानुन कार्यान्वयन गर्न नसकेको बताइन् । हिंसा न्यूनीकरणका लागि उनले संविधानको धारा ३८ (३) लाई सरकारले कार्यान्वयन गर्न नसकेको बताइन् । महँगीकै कारण आत्महत्याका घटना समेत बढेको र त्यो दर सहरी क्षेत्रमा रहेको समेत भट्टराईको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप