महँगीका कारण महिलामाथि अत्यधिक हिंसा बढ्यो : विद्या भट्टराई
काठमाडौँ । एमाले सांसद विद्या भट्टराईले मूल्य वृद्धि आकासिए पनि सरकारले बेवास्ता गरेको भन्दै महँगीका कारण महिलामाथि हिंसा समेत बढेको बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले महंगीको प्रत्यक्ष असर लैङ्गिक हिंसामार्फत प्रकट भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘महँगीकै कारण महिलामाथि अत्यधिक हिंसा बढेको छ’, २०७८ र ०७९ को तथ्याङ्क पेस गर्दै भट्टराईले भनिन्, ‘२०८० को जेठ र असारमा भएका महिला हिंसाको विश्वलेण गर्दा समग्रतामा ५२ प्रतिशत अर्थात २०१ जनामा सवैभन्दा बढी घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ ।’
उनले यो अवधिमा ७४ वटा बलात्कार, १० वटा बलात्कार प्रयास, ३६ वटा सामाजिक हिंसा, १९ हत्या, तीनवटा हत्या प्रयास भएको बताइन् । जुन विवरणले आम महिला हिंसाबाट पीडित भए पनि सरकार बनेका कानुन कार्यान्वयन गर्न नसकेको बताइन् । हिंसा न्यूनीकरणका लागि उनले संविधानको धारा ३८ (३) लाई सरकारले कार्यान्वयन गर्न नसकेको बताइन् । महँगीकै कारण आत्महत्याका घटना समेत बढेको र त्यो दर सहरी क्षेत्रमा रहेको समेत भट्टराईको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण