शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा भव्यताका साथ मनाइयो अष्टिम्की

बिहीबार, २१ भदौ २०८०, ११ : २६
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । थारू समुदायबाट काठमाडौँमा बुधवार अष्टिम्की अर्थात् कृष्णजन्माष्टमी पर्व भव्यताका साथ मनाइएको छ ।

“आपन संस्कृति आपन पहिचान इहि बचैना हमार अभियान” भन्ने मूल नारासहित अग्रासन थारू महिला समुहको मुल आयोजनामा विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरिएको थियो ।

न्यौछार थारू महिला समूह, बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, निस्राउ गु्रप लगायत २ दर्जन बढी संघ संस्थाको सहआयोजनामा अष्टिम्की पर्व मनाइएको हो ।

कार्यक्रममा अष्टिम्की विषयमा विद्यावारिधि गरेका डा. कृष्णराज सर्वहारीले अष्टिम्की पर्वको विविध महत्वबारे प्रष्टयाएका थिए । उनले अष्टिम्कीमा बनाइने चित्रकलाको बारेमा व्याख्या गर्दै अष्टिम्की पर्वको चित्रकलाले प्रकृति र थारू जातिको आत्मीय सम्बन्ध रहेको बताए । मूल रुपमा अष्टिम्कीमा कान्हाको पूजा गरिने भए पनि यसमा गाइने काव्यमा खेतीपातीको प्रसंग आएकाले थारूहरु भूमिपुत्र भएको विचार राखे । 

त्यसै गरी, कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री, काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय डा. गोपाल दहितले थारू समुदायले आफ्नो भेषभूषा तथा संस्कृति वचाउनु पर्ने तथा थारू संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने धारणा राखे । 

डा दहितले थारू कला र संस्कृति संरक्षणमा सरकारले महत्व नदिएको र यसमा नेपाल सरकारको विशेष ध्यान जान जरुरी रहेको बताए । 

6astimki80

कार्यकक्रमा, माननीय तेजुलाल चौधरी, माननीय अरुणकुमार चौधरी, थाकसका महामन्त्री प्रेमीलाल चौधरी, थाकसका सहमहामन्त्री मिनराज चौधरी, कुछत नारायण चौधरीले लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

अग्रासन थारू महिला समुहकी उपाध्यक्ष किरण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा गायक दोषहरण चौधरी तथा कलाकार अन्जु चौधरीले कार्यक्रम सहजीकरण गरेका थिए । 

कार्यक्रममा विभिन्न कलाकार तथा गायकहरुले नृत्य तथा गीतको प्रस्तुति दिएका थिए । 

काठमाडौँमा २०७२ सालदेखि मात्र अष्टिम्की मनाउन थालिएको हो । 

अष्टिम्की पर्व विशेष गरी पश्चिम तराईका थारू समुदायमा धुमधामका साथ मनाउने गरिन्छ । परिवारमा खुसी र निरोगिताको कामना गर्दै थारू महिलाहरु वर्त बस्ने गर्दछन् । अष्टिम्कीको विशेष आर्कषण भनेको अष्टिम्की भित्तेचित्र हो, जुन पूजाका लागि घरको पिढीको उत्तरतिरको भित्तामा बनाइन्छ । तत्कालीन समयमा अष्टिम्की चित्र गाउँको महटाँवा, बरघरको घरमा बनाइन्थ्यो भने अहिले यो चलन घर घरमा विस्तार हुन थालेको देखिन्छ । 

व्रत बेसेको दिन व्रतालुहरु साँझ सामूहिक रुपमा अष्टिम्की टिक्ने प्रचलन छ । टिक्ने काम सकेपछि कान्हालाई मनपर्ने अमिलो, काँक्रालगायत चढाउने तथा केरा, अम्बा, दही आदि फलाहार गर्ने र रातभरि अष्टिम्की गीत गाउने प्रचलन छ । 

त्यसपछि बिहान दियो बाली फेरी टिक्न जाने र आफूले पूजा गरेका समानसहित नजिकैको नढी वा खोलामा सेलाउन जान्छन् । सेलाएर फर्के पछि हरियो सागपात र गेडागडीको परिकार बनाई फरहार गरिन्छ । फरहार गरिसकेपछि चेलीबेटीलाई कोशेलीस्वरुप अग्रासन दिएर अष्टिम्की पर्व सम्पन्न हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप