शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजधानीमा राप्रपाको विरोध प्रदर्शन (फोटोफिचर)
गौवंश हत्याको विरोध

राजधानीमा राप्रपाको विरोध प्रदर्शन (फोटोफिचर)

बुधबार, २७ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । गौवंश हत्याको विरोधका साथसाथै हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो । 

यसैगरी सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदानका लागि विरोध प्रदर्शन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागिता रहने रहेको थियो । 

भृकुटीमण्डपबाट सुरु भएको विरोध र्याली रत्नमापर्कमा पुगेर सभामा परिणत हुने छ । विरोध सभालाई पार्टी पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया