मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
इरानद्वारा ‘थप कडा’ आक्रमणको चेतावनी
सारांश
- मध्यपूर्वमा बढ्दो तनावका कारण इराक र सिरियाले आफ्नो हवाई क्षेत्र बन्द गरी उडान सेवाहरू स्थगित गरेका छन् ।
- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र इजरायलले आक्रमण जारी राखे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।
- आईआरजीसीले युद्धविरामको उल्लंघन भएको आरोप लगाउँदै अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी जारी राखेको बताएको छ ।
काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच इराक र सिरियाले आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् । नागरिक उड्डयन अधिकारीहरूका अनुसार इराकले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गर्दै सम्पूर्ण उडान सेवाहरू स्थगित गरेको छ । यस्तै, सिरियाली नागरिक उड्डयन प्राधिकरणले पनि दक्षिणी हवाई मार्गहरू अस्थायी रूपमा बन्द गरिएको र दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन १२ घण्टाका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै अमेरिका र इजरायली आक्रमणहरू जारी रहे ‘अझ व्यापक र कडा’ प्रतिकार गर्ने चेतावनी दिएको छ । आईआरजीसीले अमेरिकासँग ‘ूसबै मोर्चाहरूमा युद्धविराम’ हुने सर्तमा युद्धविराम स्वीकार गरेको भए पनि अमेरिका र इजरायलले लेबनानमा आक्रमण गरेर उक्त प्रतिबद्धता पूरा नगरेको आरोप लगाएको छ ।
इरानले हर्मुज जलसन्धि, ओमानको खाडी र हिन्द महासागरमा इरानी तट र जहाजहरूमा बारम्बार आक्रमण गरेर युद्धविरामको उल्लङ्घन गरिएको दाबी गरेको छ । युद्ध अन्त्यका लागि वार्ताहरू भइरहे पनि पछिल्ला दिनहरूमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी जारी राखेको छ, जसका कारण दुवै पक्षबिच दोहोरो आक्रमणका शृङ्खलाहरू चलिरहेका छन् ।
आईआरजीसीले आज रातीको सैन्य कारबाहीलाई एउटा ‘चेतावनी मात्र भएको उल्लेख गर्दै यदि यस्ता आक्रमणहरू दोहोरिएमा अझ सशक्त रूपमा प्रस्तुत हुने स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण