किचकबधमा नवौँ चरणको उत्खनन सुरु
सारांश
- किचकबधस्थलमा पुरातत्व विभागको टोलीले नवौँ चरणको उत्खनन सुरु गरेको छ ।
- महाभारतकालीन राजा विराटको दरबार रहेको विश्वास गरिएको स्थानमा जेठ ८ देखि उत्खनन सुरु भएको हो ।
- उत्खनन र संरक्षणका लागि पर्याप्त लगानी नहुँदा कार्य अधुरो हुने गरेको छ ।
झापा । भद्रपुर नगरपालिका–३ स्थित ‘किचकबध’स्थलमा पुरातत्त्व विभागको टोलीले नवौँ चरणको उत्खनन सुरु गरेको छ । पुरातत्त्व विभागबाट आएको दुई सदस्यीय टोलीले स्थानीयको सहयोगमा किचकबध स्थलमा उत्खनन सुरु गरेको हो ।
महाभारतकालीन विराट राजाको सालो किचकको दरबार रहेको विश्वास गरिएको उक्त स्थानमा यही जेठ ८ गतेदेखि नवौँ चरणको उत्खनन गरिएको पुरातत्त्वविद् उद्धव आचार्यले बताए । उनको नेतृत्वमा विभागको टोली उत्खननमा खटिएको छ ।
जेठभित्र वर्षको उत्खनन सकिने उनले जानकारी दिए । सो स्थानमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको छ । विगतमा उत्खनन गर्न बाँकी रहेका स्थानमा यसपटक काम थालिएको उनले बताए ।
दश बिघा क्षेत्रफलमा फैलिएको किचकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएकाले प्राचीन महत्वका संरचना तथा वस्तु नष्ट हुने उच्च जोखिम छ ।
किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किचक’ नामका ‘सालो’ थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्त बास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेको कारण भीमसेनले विराटनगरदेखि लखेटेर किचकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यही कारण यस स्थानलाई किचकबधस्थल भनिन थालेको स्थानीय बत्ताउँछन् ।
किचकबध स्थलको पौराणिक तथा पुरातात्त्विक महत्त्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी भने हुन सकेको छैन । थोरै बजेट भएकाले उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको पुरातत्त्वविद् आचार्यले बताए ।
उनका अनुसार विगतमा यहाँ भएका उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाँडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्त्व विभागले संरक्षण गर्दै आएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण