सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित

असन्तुष्ट पक्षद्वारा मतदान बहिष्कार
सोमबार, २५ जेठ २०८३, ०९ : २०
सोमबार, २५ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला सभापतिमा कवीन्द्र ठकुल्ला भारी मतान्तरसहित निर्वाचित भएका छन्।
  • उपसभापति पदमा रामलखन चौधरी, सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही निर्वाचित भएका छन्।
  • सभापतिका दुई उम्मेदवारले निर्वाचन समिति अवैधानिक रहेको र मतदाता नामावलीमा धाँधली गरिएको आरोप लगाउँदै मतदान प्रक्रिया बहिष्कार गरेका थिए।

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला सभापतिमा कवीन्द्र ठकुल्ला भारी मतान्तरसहित निर्वाचित भएका छन्। आइतबार धनगढीमा सम्पन्न निर्वाचनबाट उनी नेतृत्वमा चुनिएका हुन्।

कुल ५०८ मतदाता रहेको उक्त निर्वाचनमा ३९४ मत खसेको थियो। जसमध्ये ठकुल्लाले ३३५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी महेश कुमार चौधरीले ३७ मत र अर्का उम्मेदवार हरि रेग्मीले २२ मत मात्र प्राप्त गरे।

यस्तै, उपसभापति पदमा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै रामलखन चौधरी १५२ मतका साथ विजयी भएका छन्। सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र सदस्यतर्फ कैलाली क्षेत्र नम्बर १ मा टंकप्रसाद जैशी ढुंगाना, क्षेत्र नम्बर २ मा कृष्णबहादुर विष्ट, क्षेत्र नम्बर ३ मा वासुदेव घरेडी र क्षेत्र नम्बर ४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन्।

  • असन्तुष्ट पक्षद्वारा मतदान बहिष्कार

लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गरिए पनि यो निर्वाचन पूर्ण रूपमा निर्विवाद भने हुन सकेन। सभापतिका उम्मेदवारद्वय हरि रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक रहेको र मतदाता नामावलीमा धाँधली गरिएको आरोप लगाउँदै मतदान प्रक्रिया बहिष्कार गरेका थिए।

आफ्ना असन्तुष्टिहरू राख्दै उनीहरू प्रक्रियाबाट बाहिरिए पनि निर्वाचन समितिले भने मतदानलाई निरन्तरता दिएको थियो। बहिष्कारका कारण दुवै उम्मेदवारले ५० मत पनि कटाउन सकेनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप