अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
सारांश
- लुम्बिनी प्राविधिक विश्वविद्यालयले राष्ट्रिय सम्मेलन सम्पन्न गर्यो।
- सम्मेलनले प्रविधि र नवप्रवर्तनमा दिगो विकासका समाधान खोज्यो।
- विज्ञ, प्राध्यापक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो।
बाँके । लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै ‘परिवर्तनका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ ।
सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधिमा आधारित व्यावहारिक समाधान खोज्ने, शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबिच सहकार्य विस्तार गर्ने र अनुसन्धानलाई प्रवर्द्धन गर्ने विषयमा विस्तृत छलफल भएको थियो । दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको उक्त सम्मेलनमा इन्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा नीरज केसीले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधि र नवप्रवर्तनमा आधारित व्यावहारिक समाधान खोज्ने उद्देश्य राखिएको उल्लेख गरे । उनका अनुसार नेपालगन्जको बढ्दो गर्मी, पानी व्यवस्थापन समस्या तथा स्थानीय विकासका चुनौतीलाई विशेष रूपमा छलफलमा समावेश गरिएको थियो ।
विश्वविद्यालयका उपकुलपति प्रा डा विनोदप्रसाद ढकालले बाँके, बर्दिया, सुर्खेत, बुटवललगायत विभिन्न जिल्लाबाट विद्यार्थीको सहभागिता रहेको उल्लेख गर्दै नेपालगन्जलाई प्रविधि तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यअनुरूप सम्मेलन सफल भएको बताए ।
सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा सुदन झा, प्रा डा विनयकुमार मिश्र, प्रा डा मनिष पोखरेल, डा राजन सुवाललगायतका विज्ञहरूले प्रविधि, अनुसन्धान र विकासका विविध आयाममा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । सम्मेलनको दोस्रो दिन विभिन्न स्थानबाट आएका सहभागी तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न प्राविधिक विधाका अनुसन्धान पत्रहरूको मौखिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
प्यानल छलफलका क्रममा सञ्जय थापाले नेपालगन्जलाई सूचना प्रविधिसँग जोड्न सीमापारको सम्बन्ध उपयोगी सुरुआत हुनसक्ने उल्लेख गर्दै उत्तर प्रदेश र बिहारका विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए । उनले समाजमा अझै पनि सूचना प्रविधिको महत्वबारे थप बुझाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेशको गौरवको योजनाका रूपमा बाँकेमा सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्नो तीन वर्षे यात्रामै सिम्पोजियम, अन्तर्राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गर्दै आफूलाई स्थापित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण