रौतहटमा ‘हिट एन्ड रन’ : साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी
सारांश
- रौतहटको गढीमाई नगरपालिकामा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
- स्थानीयवासीले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए र प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरेको छ।
- प्रहरीले मृतकको पहिचान खुलाउन र घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।
रौतहट । रौतहटको पूर्वी भेग गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्कर प्रसाद आचार्यका अनुसार नम्बर नखुलेको सवारी साधनले साइकल यात्रीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको हो। घटना कुन समयमा भएको हो भन्ने यकिन हुन नसके पनि आज सोमबार बिहान करिब ६ बजे स्थानीयवासीले सडक किनारमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। जानकारी पाउनासाथ डीएसपी आचार्यसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानमा मृतक पुरुषको उमेर करिब ४० देखि ४५ वर्षको बिचमा हुन सक्ने अनुमान गरिएको छ। शव सडक छेउमा लडिरहेको अवस्थामा फेला परेको र मृतकको बायाँ खुट्टा साइकलको भागमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउनुका साथै आवश्यक प्रमाण सङ्कलन गरिसकेको छ।
‘घटनाको प्रकृति हेर्दा दुर्घटना वा अन्य कारण दुवै कोणबाट अनुसन्धान भइरहेको छ,’ डीएसपी आचार्यले रातोपाटीसँग कुरा गर्दै भने, ‘आज बेलुकीसम्म घटनाको कारणबारे पत्ता लगाएर सार्वजनिक गरिने छ।’
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ। साथै मृतकको पहिचान खुलाउन आसपासका क्षेत्रमा सोधपुछ तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको पहिचान वा घटनाबारे अन्य कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण