रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको सभापतिमा ५ जनाले प्रतिस्पर्धा गर्दा कसैले बहुमत नपाएपछि अशोक सापकोटा सर्वसम्मत सभापति चयन भएका छन्।
- सुरुवाती निर्वाचनमा सापकोटाले सर्वाधिक ६९ मत पाएका थिए, तर बहुमत नपुगेपछि दोस्रो धेरै मत ल्याउने भोलानाथ शर्माले उनलाई समर्थन गरेका थिए।
- यसैगरी, उपसभापतिमा सन्तोषी गौली, सचिवमा मिना खड्का, सहसचिवमा गोविन्दबहादुर घले र सदस्यहरूमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले तथा श्याम गुरुङ विजयी भएका छन्।
पोखरा । रास्वपा लमजुङको सभापतिमा ५ जनाले प्रतिस्पर्धा गरेकोमा कसैले पनि बहुमत नपाएपछि दोस्रो चरणमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सुरुमा भएको निर्वाचनबाट अशोक सापकोटाले सर्वाधिक मत प्राप्त गरेका थिए ।
उनले ६९ मत पाएका थिए भने दोस्रो हुने भोलानाथ शर्माले ४९ मत पाए । तेस्रो बनेका हरिबहादुर धितालको ३३, चौथो रहेका विजय रञ्जन पौडेलले १६ र नवराज पहाडीले ७ मत पाए ।
रास्वपाको विधान अनुसार कसैले पनि बहुमत नपाए धेरै मत पाउने २ जनाबिच प्रतिस्पर्धा हुनुपर्ने थियो । तर, दोस्रो धेरै मत पाएका शर्माले पहिलो बढी मत ल्याएका सापकोटालाई नै समर्थन गरेका हुन् ।
योसँगै उपसभापतिमा सन्तोषी गौली ८६ मत सहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी प्रकाश थापाले ६९ र अर्का उम्मेदवार बाबुराम अधिकारीले १९ मत पाए ।
सचिवका उम्मेदवार मिना खड्काले १ सय १९ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी ज्ञानेन्द्र शर्माले २८ र अर्का उम्मेदवार मिलन शर्मा दनाईले २५ मत पाए ।
सहसचिवमा ६६ मत ल्याएर गोविन्दबहादुर घले विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकनारायण श्रेष्ठले ६२ र अर्का प्रतिस्पर्धी महेन्द्रबहादुर थापाले ४० मत पाएका छन् । सदस्यहरूमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण