सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
सोमबार, २५ जेठ २०८३, ०९ : ३७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे र डा. शाहजान खातुन सहभागी भएका छन् ।
- संसदीय दलका नेता आङ्देम्बे र डा. खातुनको सहभागिताको जानकारी आङ्देम्बेका स्वकीय सचिव याम ढुंगानाले दिए ।
- प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न लामिछानेले दलहरूको बैठक बोलाएका हुन् ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट दुई जना सहभागी छन् ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र डा. शाहजान खातुन बैठकमा सहभागी भएका आङ्देम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिए ।
प्रतिनिधि सभामा पछिल्लो समय देखिएको गतिरोध अन्त्यका लागि सभापति लामिछानेले सिंहदरबारस्थित संघीय सचिवालयमा रहेको सार्वजनिक लेखा समितिको सभाहलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् । बैठक केहीबेर अघिबाट सुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको भूमि मिचेको बताएपछि सदनमा गतिरोध सृजना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण